काठमाडौँ जेठ १३ एक्सिलेन्ट सेक्युरिटी सर्भिस प्रालिले आफ्ना सबै कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) विरुद्धको बीमा गराएको छ । कम्पनीले आफ्ना कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दै प्रभु इन्स्यारेन्सबाट प्रतिकर्मचारी ५० हजार रूपैयाँका दरले कोरोना बीमा गराएको हो । बीमाबाट सेक्युरिटी सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेस्ट पोजेटिभ पाइएमा बीमाङ्कबराबरको रकम क्षतिपूर्ति प्रदान गरिने कम्पनीले जनाएको छ ।