काठमाडौँ जेठ १३
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतमा सुुधुम्न उपाध्याय नियुुक्त भएका छन् । कम्पनीका अनुसार गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षको लागि उपाध्यायलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । नियमनकारी निकाय बीमा समितिले उपाध्यायलाई प्रमुख कार्यकारीमा नियुुक्त गर्ने कम्पनीको प्रस्तावलाई गत साता नै स्वीकृति दिएको हो ।
नवनियुक्त प्रमुुख कार्यकारी उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत रहेका उपाध्यायसँग बीमा क्षेत्रको बारेमा गहिरो अनुुभव रहेको छ । हाल चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ८९ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ४९ लाख रूपैयाँ रहेको थियो ।