काठमाडौं । आगोले जलेर एक व्यक्तिको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।