काठमाडौं, जेठ १३
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर संक्रमितको संख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख २० हजार ३ सय ८० पुगेको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार २ सय ९३ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ७ सय ४२ व्यक्तिको मृत्यु भएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८९ हजार ६ सय १८ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २ सय १३, रूसमा तीन लाख ५३ हजार ४ सय २७, स्पेनमा दुई लाख ८२ हजार ८ सय ५२, बेलायतमा दुई लाख ५९ हजार ५ सय ५९ र इटलीमा दुई लाख २९ हजार ८ सय ५८ संक्रमित रहेका छन् ।
संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९९ हजार ३ सय ८१ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२, फ्रान्समा २८ हजार ३ सय ६७ र ब्राजिलमा २२ हजार ७ सय ४६ संक्रमितको मृत्यु भएको छ । संक्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा संक्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ । एसियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी संक्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बंगलादेश सिंगापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा संक्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।