काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरेको छ । प्रहरी उपरीक्षक मिलन केसीले पक्राउ पर्नेमा भतिज नाता पर्ने ४४ वर्षीय टङ्कबहादुर मगर र ४३ वर्षीय सन्तबहादुर मगर रहेको जानकारी दिए ।
२०८० साल पुस २४ गते जनकको हत्या गरी फरार रहेका टङ्क र सन्तलाई प्रहरीले पक्राउ गरेको हो । सन्तलाई आवश्यक कारबाहीका लागि पुस २५ गते जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो भने टङ्कको स्वास्थ्यमा समस्या आएका कारण उनलाई उपचारपश्चात् आज शुक्रबार आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरी उपरीक्ष केसीले बताए ।