आक्रा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले घानाको आर्थिक पुनरुत्थानका लागि ६० करोड अमेरिकी डलरको कोष स्वीकृति दिएको छ । घानाले बाह्य ऋणको पुनः संरचना गर्नका लागि आफ्ना ऋणदाताहरुसँग सम्झौता गरेपछि आइएमएफले यस्तो निर्णय गरेको हो ।
आइएमएफको यो निर्णय पछि घाटाका अर्थमन्त्री केन ओफोरी–अटाहले बजेट कार्यान्वयनमा सहज मिल्ने र सन् २०२६सम्म क्रेडिट योग्यता सुधार गर्न खर्चृ नियन्त्रण र राजस्व सुधार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कुनैसमय अफ्रिकाको द्रत गतिमा आर्थिक वृद्धि हासिल गर्ने घाना पछिल्लो समय महँगी, विनिमयदरको उतारचढाव र जीवनयापनको बढ्दो लागतले गम्भीर आर्थिक संकटमा फस्दै गएको छ । घानाको सरकारले गत मे महिनामा पनि आइएमएफबाट तीन अर्ब अमेरिकी डलर ऋणको स्वीकृति पाएको थियो ।