काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ २५ गते काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंकेटमा आफ्नो ३० औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँमध्येबाट आठ दशमलव ६३ प्रतिशतका दरले हुन आउने १९ करोड ८६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनका लागि समेत कम्पनीले छ दशमलव ३७ प्रतिशतका दरले हुन आउने १४ करोड ६६ लाख सात हजार सात सय ८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही माघ १४ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।