काठमाडौं,नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । २०८० पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुवीदीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रालयको सचिव नै अध्यक्ष हुने व्यवस्था बमोजिम सुवेदी टेलिकमको अध्यक्ष चयन भएका हुन् । यसअघि टेलिकमको अध्यक्ष कृष्ण बहादुर राउत थिए ।