काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयले यसअघि बोर्डमा कार्यकारी निर्देशकको रुपमा कार्यरत अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल पुस २० गतेदेखि सकिएछि बोर्ड नेतृत्वविहीन छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको बोर्डको भनाइ छ ।