काठमाडौँ, जेठ १४
जाल्पा लघुुवित्त वित्तीय संंस्थाले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९४ लाख ४२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६३ लाख २८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी सात करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा ७७ करोड ५३ लाख ६२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २९ करोड ४४ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ८८ लाख ६१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ६१ करोड ३३ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १२ करोड १३ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड १५ लाख ७० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।