काठमाडौँ, जेठ १४ प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा नौ करोड छ लाख १३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ७२ लाख ६६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रूपैयाँ रहेको कम्पनीले चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १८ रूपैयाँ ८३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुुई सय २२ रूपैयाँ ८७ पैसा रहेको छ ।