काठमाडौँ, जेठ १४ आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड दुुई हजार रूपैयाँ रहेको थियो । हाल चुुक्ता पुँजी एक अर्ब दुुई करोड छ लाख रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी १४ रूपैयाँ दुुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ५१ रूपैयाँ ३६ पैसा रहेको छ ।