काठमाडौं,राज्य संयन्त्रलाई समेत गुमराहमा पारी फर्जी कागजपत्र बनाउने र त्यसैका आडमा आफूलाई माननीय घोषणा गर्दै हिड्ने जगदीश वैद्यको र्कतृत बाहिरिएको छ । लिदैँ नलिएको प्राडाको उपाधी देखाएर आफूलाई ७५३ स्थानीय तहमध्ये करिब दुई तिहाईको प्रमुख सल्लाहकार रहेको बताउने वैद्यको दाबी झूटो रहेको पाइएको छ ।
उनले नक्कली किर्ते कागजपत्र बनाएर धेरैको आखाँमा छारो हालेका छन् । त्यसको उदाहरण कालिकोट जिल्लाको तिलगुफा नगरपालिकाको राजपत्रमा आफ्नो नाम छपाउन लगाएपछि सार्वजनिक भएको हो । उनले सडक र पार्कको नामकरण नै आफ्नो नाममा गराउन सफल भएका छन् । लिर्दै नलिएको उपाधिलाई आफैले स्वघोषित गरि आफुले आफैलाई मपाई भनि हिडेपछि केहि स्थानिय तहले विश्वास गरेर उनलाई फाइदा हुने काम गरिदिएको सार्वजनिक भएको छ । विभिन्न भिआईपी मान्छेसँग फोटो खिचेर त कतै किर्ते कागज बनाएर लाजमर्दो तरिकाले आफूलाई समाजसेवी घोषित गरेर साना मात्र होइन ठूलै मान्छेलाई समेत गुमराहमा राख्न सफल भएका छन् ।
७५३ स्थानीय तहको प्रमुख राष्ट्रिय सल्लाहकार रहेको बताएका वैद्य सल्लाहकार नभएको पाइएको छ । स्थानीय तहले कसैलाई पनि सल्लाहकार राख्न पाउने व्यवस्था नगरेको पाइएको छ । उनले २०५० को दशकदेखि नै फटाई काम गर्दै फर्जीपत्र बनाउर्दै आएका थिए । तत्कालीन नेतृत्वलाई समेत गुमराहमा पारी नक्कली पत्र बनाएर विभिन्न कार्य गरेको तथ्य बाहीर आएपछि प्रहरीले कारबाही गरेको थियो । तर उनी त्यसबाट नसुध्रिएर फेरी किर्ते कागजपत्र बनाएर फटाई काम गरेको तथ्यहरु बाहिर आएका छन् ।