काठमाडौँ, जेठ १४
तिनाउ मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ७८ लाख ५५ हजार छ सय ७४ रूपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा छ करोड १० लाख ९६ हजार छ सय ३१ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ६७ करोड ५८ लाख २७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १४ अर्ब ८१ करोड ३१ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब २५ करोड २२ लाख ८० हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको छ ।
सो अवधिमा ४८ करोड १६ लाख ७० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले पाँच अर्ब ३१ करोढ ८२ लाख रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५० करोड ३३ लाख ७३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ५० लाख २८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।