काठमाडौँ । बुधवारदेखि आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा शहीद सप्ताह सुरु भएको छ ।
सो अवसरमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्रीले माघ १० गते टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएको स्मरण गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् ।
बुधबारबाट टेकुस्थित उनको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।
त्यस्तै तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवत् १९९७ माघ माघ १३ गते सिफलमा धर्मभक्त माथेमा, माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गरेका थिए ।