काठमाडौं । सेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव ४० अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज बुधबार पुन १० दशमलव २५ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य चार बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७३ अंकले ओरालो लागेर तीन सय ८० दशमलव ४३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ९० हजार दुई सय १० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १० लाख ४९ हजार नौं सय ४९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएको छन् । जसमध्ये बाँणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।