दोलखा,दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा पुनः यस वर्षको दोस्रोपटक बाक्लो हिमपात भएको छ। गत मंगलबार परेको हिमपात बिलाउन नपाउदै पुनःबिहीबारराति अबेरसम्म हिमपात भएको स्थानीयले बताएका छन्।एकसाता परेको हिमपातको कारण चहलपहल बढेको यस क्षेत्रमा दोस्रोपटक पुनःहिमपात भएसंगै चहलपहल थप बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय त्रिपूरा रिसोर्ट कालिञ्चोकका सञ्चालक चन्द्रकुमार लामाले बताए।
।तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलोगरी हिमपात भएको हो। मंगलबार परेको हिउँ पग्लिएर सकिन लाग्दा पुनः बिहीबार बाक्लो हिउँझरेकोले छिमेकी देशका पर्यटक बढ्न सक्ने उनले बताए।अघिल्लो पटक परेको हिउँ बिलाएर आउन नपाएका भारत र बङ्गलादेशका पर्यटक यस पटकको हिउँकेहि दिन रहने हुँदा कालिञ्चोक आउन सक्ने उनले बताए।
अघिल्लो साताको हिमपात पछि कालिञ्चोकमा १५ हजार भन्दा धेरैले भ्रमण गरेका थिए।त्यसमा प्रायःजसोधेरै स्वदेशी पर्यटक आए पनि यसपटकको हिमपातले बाह्य पर्यटक वृद्धि गर्ने अनुमान गरिएको उनले बताए।दोस्रोपल्ट परेको हिउँ शुक्रवार र सनिवार रहने हुँदापनि अघिल्लो साताको तुलनामा कालिञ्चोक आउनेको संख्या वृद्धिहुने व्यवसायीहरुले अनुमान गरेका हुन्।
माघलाग्ने बित्तिकै परेको हिमपातले थोरै भएपनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको होटल संचालक नवराज पाख्रीनले सुनाए।