मोरङ । कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी संखुवासभा बस्ने ३५ वर्षीया कैली तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा उनलाई २० वर्ष कैद सजाय ठहर गरेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा बुझाइएको जनाएको छ ।