काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले स्थानीय मुद्रालाई स्थिर बनाउन एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने भएको छ । केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक’ले राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको हो ।
बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ । गत साता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव नौ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३ दशमलव चार अफगानी पुगेको थियो ।
विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ ।