काठमाडौं । डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारीमा भेस्पा अप्रिलिया खरिदकर्ताले सरलरूपमा फाइनान्स सुविधा प्राप्त गर्ने भएका छन् । भेस्पा अप्रिलिया नेपालले सरल फाइनान्स सुविधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको हो ।
नेपालका लागि भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालि का अनुसार स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिनेछ । यस्तै, सो कर्जाको भुक्तानी अवधि छदेखि २४ महिनासम्म रहने कम्पनीले जनाएको छ । यो सुविधा नेपालभरका भेस्पा अप्रिलिया स्कुटरका सोरूमहरूमा उपलब्ध रहने डेल्टा अटोकर्प प्रालिका सीईओ तथा निर्देशक विजय महत्तो जानकारी दिए ।