चितवन । कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले बताएका छन् ।
सोमबार भएको अन्तर्क्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने पत्रकारहरुलाई बताए । गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो ।
नेता पोखरेलले विपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे । बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।
अभियानमा जिल्लाका नेता÷कार्यकर्ताका भूमिकाका बारेमा चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले जानकारी गराएका थिए । यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ ।