काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् । शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपकराज गिरी, दिपाश्री निरौला र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरूमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरूको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए । साथै, नवनियुक्त ब्राण्ड एम्बेस्डर गिरी र निरौलाले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए ।