काठमाडौं । नेपाल पेमेन्ट सोलुसन लिमिटेड र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बीच सम्झौता भएको छ । नेपाल पेमेन्टले एक सय रुपैयाँ अंकित दरको ती लाख पाँच हजार छ सय कित्ता साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । नेपाल पेमेन्ट सोलुसन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।