पोखरा । पोखरास्थित एनएमबि बैंकको एटीएम फोड्ने क्रममा एक युवा पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका घर भइ हाल पोखरा बिरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई प्रहरीले एटीएम फोड्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनले गएराति करिब पौन १२ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.५ जिरो किलोमिटरस्थित एनएमबि बैंकको एटीएम फोड्ने प्रयास गरेका थिए । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरि जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।