काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गतका २७ शाखा कार्यालयको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शाखाहरूमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूका साथसाथै चालू तेस्रो त्रैमासका लागि भाबी रणनीतिबारे बृहत् छलफल भएको थियो । उक्त कार्यक्रममा बोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरूले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे ।
बिहीबार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्य रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजङ्ग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उपप्रदेश प्रमुख तथा सर्पोट अफिसरलगायत २७ शाखाका शाखा प्रबन्धकहरूकोे उपस्थिति रहेको थियो । उक्त कार्यक्रम ल्यान्डमार्क होटेल पोखरामा बिहीबार सम्पन्न गरिएको थियोे ।