काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र पुवाखोला–वान हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीका अनुसार हाइड्रोपावरले एक सय रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार चार सय ६० कित्ता साधारण सेयर निष्काशन गर्नका लागि एलएस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौता–पत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित चार मेगावाट क्षमताको जलविद्युत् आयोजना रहेको कम्पनीले जानकारी दिएको छ ।