काठमाडौं । आँबुखैरेनी गाउँपालिकाद्वारा छ वटै वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ । गाउँपालिकाले सोमबार आबुँखैरेनी वडा नं २ का १२ जना भूमिहीन सुकुम्बासीहरूलाई एक कार्यक्रमका बीच जग्गाधनीपूर्जा वितरण गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सांसद हरिबहादुर चुमान राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको समेत उपस्थित रहेको थियो । गाउँपालिकाले २ नम्बर वडाबाट सुरु भएको जग्गा पुर्जा वितरण सम्पूर्ण वडाहरूमा क्रमैसँग गर्दै जाने बताइएको छ ।
कार्यक्रममा भूमिहीनलाई जग्गाधनी पुर्जा दिलाउनेसम्मको कार्यमा महत्वपूर्ण योगदान पु¥याइएको भन्दै राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला मालपोत कार्यालय तनहुँ, नापी कार्यालय तनहुँ, नापी टोल प्रमुखलगायत सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो । सो समारोहमा आँबुखैरेनी गाउँपालिकाको भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत÷सेवा केन्द्र प्रमख ई निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सञ्जित श्रेष्ठलाई सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको छ ।