काठमाडौं । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । अर्बुद(क्यान्सर) रोगबाट पीडित पण्डितको ललितपुरको मेडीसिटी अस्पतालमा आज बिहान निधन भएको हो ।
उपचारको क्रममा बिहान ३ बजे निधन भएको पण्डितको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् । साथै, पण्डितको आमा, तीन दिदी र तीन दाजु पनि छन् ।
कीर्तिपुरमा बस्दै आएका पण्डित १५ वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत थिए । शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।