काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २१ करोड २२ लाख ६९ हजार सात सय ९८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २६ करोड १० लाख ६७ हजार दुई सय ८५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी तीन अर्ब ५१ करोड ८१ लाख ३४ हजार एक सय ३८ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ५६ अर्ब आठ करोड ५६ लाख दुई हजार चार सय ६१ रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४६ करोड १७ लाख २२ हजार नौ सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८५ करोड ९४ लाख ३२ हजार आठ सय ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १८ लाख ६५ हजार तीन सय ३४ रुपैंयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ४९ अर्ब १३ करोड २० लाख ५९ हजार छ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ४२ करोड ६० लाख ७१ हजार आठ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९२ करोड ९१ लाख ९८ हजार चार सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा तीन करोड ३७ लाख ९७ हजार एक सय २४ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ८९ प्रतिशत रहेको थियो ।