काठमाडौं,राजा ज्ञानेन्द्र शाहले १७ बर्ष अघि राजगद्दी छाड्दा सरकारलाई नासो राख्न दिएको श्रीपेजको बारेमा औपचारिक कार्यक्रममा प्रश्न गरेको भोलीपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरवार हत्या काण्डको दोह्राइर छानवीन गर्ने धम्की दिएका छन् । उनले दरबार हत्याकाण्ड भएको २२ बर्षपछि फेरि छानवीन गर्ने धम्की दिएका छन् ।
राजा विरेन्द्रको वंशनाश हुने गरी २०५८ साल जेठ १९ गते भएको दरवार हत्या काण्डको ८ बर्षपछि प्रचण्ड प्रधानमन्त्री भएका थिए र त्यसपछि उनी वा उनको पार्टी लगातार सत्तामा रहँदै आएको छ तर अपदस्थ राजा ज्ञानेन्द्रले आफूले नासो राख्न दिएको श्रीपेचको खोजीनीति नगरुन्जेल प्रधानमन्त्री प्रचण्ड मौन रहँदै आएका थिए र अपदस्थ राजाले श्रीपेचको बारेमा बोलेपछि प्रधानमन्त्री प्रचण्डले दरवार हत्याकाण्डको दोह्रो¥याएर छानवीन गर्ने धम्की दिनुलाई भयमिश्रित आवाज मानिएको छ ।