काठमाडौं । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा सात जना पक्राउ परेका छन् । काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिक सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका सुकिपुर घर भएका २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका घर भएका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।
अवैध क्रिप्टोकरेन्सी बिटक्वेन, क्यास एपमार्फत जावा, मिल्कीवे, गेमभल्ट, फायरकिरिन, भेगास स्वीप्स, ओरिन स्टार्स जस्ता खेल खेलाई उक्त प्लाटफर्ममा लिमिट लोड गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।