काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले हालै काठमाडौंको नक्साल सोरुमदेखि सुकुटेसम्म दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ । कम्पनीको सो राइडको जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम, विक्रम पौडेलले शुभारम्भ गरेका थिए ।
२५ जना राइडरहरूको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरू डर्ट रेस हेर्न धुलिखेलकोडर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य डा दिपक कुमार दासको पनि सहभागिता रहेको थियो । ओभरनाइट राइडको बारे बोल्दै डा दिपक कुमारले अपाचे ओनर्स ग्रुपले आफूलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको बताए ।