काठमाडौं । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित एसयूभी एक्सटरको बुकिङ खुला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो सोमा सो गाडी प्रदर्शन गरिएको थियो ।
छ कलर अप्सनमा आउने एक्सटर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य क्रमश ३४ लाख ९६ हजार रुपैयाँ, ४० लाख ९६ हजार रुपैयाँ र ४४ लाख ९६ हजार रुपैयाँ हुनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ सोरुम तथा १९ सर्भिस सेन्टरबाट यो एसयूभी उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार हुन्डाई एक्सटर पाँच सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो, जुन हुन्डाई भेन्युभन्दा अघि रहने छ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी बनाएको कम्पनीले जनाएको छ । गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेता समेत बनेको छ ।