काठाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन अन्तिमतिर हुने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था तथा परामर्श समितिले अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ ।