काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले यही फागुन एक गते काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा आफ्नो १४ औँ वार्षिक साधारण गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।