काठमाडौं । महिन्द्रा फोरह्विलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वक्र्स प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले आइतबारदेखि शुक्रबारसम्म देशभर फेस्टको आयोजना गर्न लागेको हो । फेस्टमा ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिनेछ । महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
साथै, अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । साथै, महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नुपरेमा पनि आकर्षक अफर पनि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका यो सेवा भने काठमाडौं, भैरहवा र इटहरीमा मात्रै उपलब्ध हुनेछ ।