काठमाडौं,नेकपा एकाले धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । आज हुने भनिएको अधिवेशनमा बन्द सत्र हुने कार्यसूचि हुनु अगावै झडप भएपछि अधिवेशन स्थगित भएको छ । अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हानाहान भएको पाइएको छ । त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।