ललितपुर । ललितपुर महानगरपालिका–१५ पाटन औद्योगिक क्षेत्रभित्र सोही महानगरपालिका–२८ हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा लागेको आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार दिउँसो आगलागी हुँदा दुई हजार पाँच सय क्यूफिट काठ समेतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो । प्रहरीले नेपाली सेना, स्थानीय बासिन्दा र दुई वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।