सर्लाही । बसबरिया गाउँपालिका–३ सुकमरियामाईमा बरहथवाबाट हरकठवातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ना.६ त १९८८ नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना हुँदा चालक धनकौल गाउँपालिका–१ बस्ने २५ वर्षीय मनदेश्वर महतोको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।