काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ५७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन नौं दशमलव ४४ अंकले उकालो लागेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ४५ अंकले उकालो लागेर तीन सय ७७ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ६६ हजार पाँच सय ५९ पटक सेयर किनबेच भएको छ । जसबाट ७६ लाख २४ हजार तीन सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौं सय सात रुपैंयाँ ७६ पैसा पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीनवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।