काठमाडौं । होन्डाको लागि नेपालको आधिकारिक विक्रेता स्याकार टेडिङ कम्पनी प्रालिले एक सय २५ सीसीको मोटरसाइकल ‘एसपी एक सय २५’ सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न अत्याधुनिक प्रविधिहरू थप गरी एसपी एक सय २५ बीएसभीआई बजारमा ल्याएको छ । यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने कम्पनीको दाबी छ । साथै, आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रूपान्तरित गरिदिने कम्पनीले जनाएको छ ।