काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलन कार्यक्रम सुरु भएको छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा आज शुक्रबार करिब १२ बजेदेखि राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको सभापतित्व काठमाडौं जिल्ला सभापति कृष्ण बानिया (सपुज)ले गरेका छन् भने कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बादुर देउवा रहेका छन् । त्यस्तै, कार्यक्रममा पूर्व माहामन्त्री तथा पूर्वउपप्रधान मन्त्री प्रकाश मान श्रेष्ठ, कांग्रेस माहामन्त्री गंगन थापा, सह माहामन्त्री भीष्म राज आङ्गदाङबे, सह माहामन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्यीय तथा पूर्वमन्त्री मिलेन्द्र रिजाललगायत विभिन्न जिल्लाका जिल्ला सभापति, केन्द्रीय सदस्य लगायत करिब चार सय जनाको सहभागिता रहेको छ ।