काठमाडौं, जेठ १८
स्वस्तीक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षएको तेस्रो त्रैमासिक अवधिमा ३४ लाख २८ हजार रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा पनि संस्थाले ११ लाख ४८ हजार रूपैयाँ खुद नोक्सानी बेहोरेको थियो । हाल चुक्ता पुँजी एक करोड २० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ७७ लाख ७१ हजार रूपैयाँ निक्षेप संंकलन गरी २४ करोड ६८ लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ लाख ९८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले छ लाख दुुई हजार रूपैयाँ निक्षेप संकलन गरी ४७ लाख ९१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।