काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले लैनचौरस्थित एनसेलको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्ने भन्दै विरोध गरेको छ । एनसेलले अनियमितता र कर छली गरेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल(मोहन वैद्य निकट) ३ नम्बर प्रदेश समितिले आज शुक्रबार दिउँसो उक्त विरोध कार्यक्रमको आयोजना गरेको हो । एनसेलको केन्द्रिय कार्यालयको अगाडि सो संघठनका ३ नम्बर प्रदेशका संयोजक चन्द्रहरी सुबेदी, सचिवालय सदस्य पुष्कर श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला अध्यक्ष किरण श्रेष्ठसहित करिब २५ जनाको समुहले पार्टीको झण्डासहित एनसेलको कार्यलयमा तालाबन्दी गर्ने भन्दै बिरोध कार्यक्रम गरेका हुन् । सो क्रममा उनीहरुले एनसेलले अनियमितता र कर छली गरेको भन्दै चर्को नाराबाजी गर्दै विरोध गरेका थिए ।