काठमाडौं, जेठ १८
एनएमबी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८८ करोड ३२ लाख ८३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६५ करोड ११ लाख २६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब ९३ करोड आठ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ५६ करोड ६६ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब २९ करोड ५७ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख दुई हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब नौ करोड ४१ लाख ९९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।