काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्वव प्रसाद रिजाललाई अहिले भर्खरै कालोमोसो दलिएको छ । विगत लामो समयदेखि नक्कली लाईसेन्स बनाएको भनेर अख्तियारले छानबिन गरिरहेको अवस्थामा आज सोमबार बिहान सवा १० बजेतिर विभागको भित्री गेटमै कालोमोसो दलिएको हो । कसले कालोमोसो दलेको हो, अहिलेसम्म खुलेको छैन । देशभरि विप्लव निकट समुहले विभिन्न भ्रष्टाचारको आरोप लागेका सरकारी कर्मचारीलाई कालो मोसो दल्ने अभियान चलाईरहेको अवस्थामा यो घटनामा पनि त्यही समुहको हात रहेको हुनसक्ने बताइएको छ ।