काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार प्राउड नेपाल आईटी सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले मिति २०८० माघ २६ देखि २०८१ माघ २५ गतेसम्म समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा क्युआर कोड प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मत सम्भार गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उपप्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी र प्राउड नेपाल आईटी सप्लायर्सको तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
फाइनान्सका सम्पूर्ण ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्स प्रालिमा मर्मत सम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा एक प्रतिशत छुट प्राप्त गर्ने छन् । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।