काठमाडौं । लाजिम्पाटस्थित इजरायल दूतावास अगाडि आज(सोमबार) मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा गरिएको प्रदर्शनमा नेपालीहरुलाई इजरायली सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न भनिएको थियो । इजरायल दूतावासलाई लक्षित गरि नेपालीहरुलाई इजरायली सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न इजरायललाई आग्रह गर्दै शान्ति समाज काठमाडौं शाखाका जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति राम कृष्ण बराल, संस्थापक सभापति कृष्ण पाहाडीलगायत करिब २५ जनाको संख्यामा शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको थियो । उनीहरुले इजरायल: युक्रेनमा युद्ध बन्द गर, मानवताविरुद्धको अपराध बन्द गर, सौहार्दताले मानवता बचाउछ, युद्ध समस्याको समाधान होइन आदि लेखिएका प्लेकार्ड बोकेर करिब १ बजेति प्रदर्शन सुरु गरेका थिए ।