काठमाडौं । मङ्गलबारबाट काठमाडौँमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताएका छन् ।
उनले मंगलबार जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए ।
शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति आउन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।