काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका २२ पशुपति प्लाजा स्थित न्युरोडमा रहेको शाखा स्थानान्तरण गरी कामनपा २३ धर्मपथबाट आफ्नो वित्तीय कारोवार सञ्चालन गरेको छ ।
स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयको समुद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए । उक्त समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा शाखा प्रमुख अनिता न्यौपानेका साथै अन्य कर्मचारी र ग्राहकहरूको उपस्थिति रहेको थियो ।
पुल्चोक ललितपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र चार वटा विस्तारित काउन्टरहरूबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै एटीएम सेवा, मोबाइल बैकिङ सेवाजस्ता आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।